
पाल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पृष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय हितका निम्ति परिर्वतन र क्रान्तिको पक्षमा झण्डा उठाउने बताएका छन् ।
उनले नेपालका विभिन्न कम्युनिष्ट पार्टीहरु बीच छलफल गरी एकताको झण्डा उठाउनुपर्ने बताएका हुन । नेकपा माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुम मार्फत सम्वोधन गर्दै प्रचण्डले बाबुराम, बैद्य, विपल्व र उपेन्दसँग छलफल सकारात्मक रहेकोले आफु आशावादी भएको बताए ।
नेकपा माओवादी केन्द्र र नेकपा एमाले एकता हुँदा आफुहरु कमजोर नभएको बताउँदै यो देशका उत्पीडित जाति, वर्ग, लिंग समुदाय एवम् राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने बताए ।
माओवादीले पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको र अगामी दिनपनि पूर्ण समानुपातिक निर्वाचनको मुद्धालाई अगाडि बढाउने प्रचण्डको दावी थियो ।
उनले नेकपा गठन गर्दा बैचारिक प्रतिवेदन र संगठनमा माओवादीमय प्रतिवेदन भएकोे दावी गर्दै माओवादी जनयुद्धको मुल्यांकन, राष्ट्रिय जागरणको मुल्यांकन, कुन पार्टीले ल्यायो, मुल्यांकन हाम्रो पक्षमा रहेको प्रचण्डको दावी छ । नेकपा माओवादीका जिल्ला इन्चार्ज तुलाराम घर्ती मगरले पार्टी बलियो बनाउने जिम्मा कार्यकर्तामा आएको बताएका हुन ।
कार्यक्रममा जिल्ला अध्यक्ष नेत्र प्रसाद पाण्डेयले माओवादीले पार्टी संगठन बलियो बनाउन अभियान नै सञ्चालन गर्ने बताए ।