
पाल्पा।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी न्युनियन (क्रान्तिकारी)को जिल्ला भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भेलाबाट ३५ सदस्यीय जिल्ला स्तरीय कमिटी गठन गरिएको छ । जस्को जिल्ला अध्यक्षमा पदम सोमै चयन भएका छन ।
उपाध्यक्षमा पदम प्रसाद वस्याल, सीता रास्कोटी, सचिवमा अतित बस्याल, सहसचिवमा विकास पाण्डे, भिम लुङ्गेलि, कोषाध्यक्षमा उमा विश्वकर्मा चुनिएकी हुन ।
सदस्यहरूमा तारा बहादुर रायमाझी,विष्णु विक ,मिलन घर्ती मगर,मञ्जु दर्लामी,लक्ष्मी पचभौया,धन माया मश्राङ्गी,विवेक श्रेष्ठ,किरण दर्लामी गरि ३७ सदस्य जिल्ला कमिटि गठन भएको हो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम प्रदेश सांसद तुलाराम घर्तीले विद्यार्थी अनुशासित भई विकृति र विसंगतिको विरोधी अभियानमा अगाडि बढाउनुपर्ने बताए ।
नेकपा माओवादी केन्द्र पाल्पाका जिल्ला अध्यक्ष नेत्र पाण्डेले विद्यार्थी आन्दोलन कारण देशमा ठूलो परिर्वतन भएको बताए ।
तिनाउ गाउँपालिका कमिटि अध्यक्ष राजेश श्रेष्ठ,अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय उपाध्यक्ष पुरन के सी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विक्रम राना,अखिल क्रान्तिकारीका जिल्ला इन्चार्ज अम्बिका परियार लगाएतको उपस्थिति रहेको थियो ।