पाल्पा । गुल्मी सदरमुकाम रेसुङ्गासमा गएरातिको अविरल वर्षाले घर पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका–८, भगवती मन्दिर नजिकै रहेको तिलक नेपालीको घर पहिरोले पुरिएर हो ।

मृत्यु हुनेमा तिलकका १४ वर्षका जुम्ल्याहा छोरीहरू गंगा–जमुना र २१ वर्षकी छोरी भावना रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुसोत्तम पाण्डेयका अनुसार राति करिब १२ बजेतिर माथिबाट खसेको पहिरोले घरको एउटा कोठा पुरेको थियो ।

तपाईको प्रतिक्रिया