रामपुरमा ट्याक्टर दुर्घटना चार जना घाइते

तानसेन । पूर्वी पाल्पाको रामपुर नगरपालिका ४ मा ट्याक्टर दुर्घटना हुँदा चालकसहित चार जना घाईते भएका छन् ।

निस्दी गाउँपालिका केन्द्र मित्यालदेखि रामपुरतर्फ आउँदै गरेको वन टेष्ट ट्याक्टर रामपुर नगरपालिका वडा नं ४ छतिवन डाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा ट्याक्टर चालक रामपुर ६ तिलकपुरका ३६ वर्षीय जित बहादुर सारु, निस्दी गाउँपालिका वडा नं ५ गल्धाका ५० वर्षीय लक्ष्मी अर्याल, सोही स्थानका ३९ वर्षीया विष्णु देवी अर्याल र रुपन्देहीका ३५ वर्षीय मिनक मुसलवान घाईते भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरिक्षक भिम बहादुर कार्कीले जानकारी दिए ।

घाईते सबैलाई रामपुर अस्पताल उपचार गरिएकोमा लक्ष्मी अर्याल बाहेक अन्य तीन जना उपचार पश्चात डिस्चार्ज भएका छन् ।

लक्ष्मी अर्याललाई थप उपचारको लागि युनाईटेड मिसन अस्पताल तानसेनमा ल्याइएको प्रहरीले जनाएको छ । ट्याक्टर सडकदेखि करिब ४१ मिटर तल खसेको प्रहरी जनाएको छ ।

तपाईको प्रतिक्रिया