तानसेनमा वीपी स्मृति प्रतिष्ठान गठन

पाल्पा।तानसेन नगरपालिकाले वीपी कोइराला स्मृति प्रतिष्ठान गठन गरेको छ । तानसेन नगरपालिकाको नवौं नगरसभाबाट वीपी कोइराला स्मृति प्रतिष्ठान गठन गर्ने निर्णय बमोजिम १३ सदस्यीय समिति गठन गरेको हो ।

तानसेन नगर प्रमुख अशोक कुमार शाहीले पत्रकार सम्मेलन मार्फत सो कुरा जानकारी दिएका हुन् । प्रतिष्ठानको अध्यक्षमा टंकप्रसाद पन्थ, सदस्यमा टंकप्रसाद भट्टराई, शोभाखर न्यौपाने, वुद्धि प्रसाद शर्मा, राम प्रसाद शर्मा, पुस्करराज रेग्मी, चित्रवलीराम सुवाल, इन्द्रा गहतराज, मनकुमारी गहिरे, निलम नेपाल, रेखीराम राना, गोविन्द्र भट्टराई र सदस्य सचिवमा डा. शंकर प्रसाद गैरे रहेको तानसेनका प्रवक्ता दामोदर घिमिरेले बताए ।

तानसेन नगर प्रमुख अशोक कुमार शाहीले राष्ट्रनिर्माणमा योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि नगरपालिकाले समिति गठन गरिएको बताए । यसअघि पृष्पलाल पत्रकारिकता अक्षयकोष स्थापना गरी पुरस्कार प्रदान गर्दै आएको उनले बताए ।

यसैबीच, भवन तथा सडक मापदण्डलाई व्यवस्थित गर्न नगर प्रमुख अशोक कुमार शाहीको नेतृत्वमा कार्यदल गठन गरिएको छ । जसको सदस्यमा तानसेन २ का वडाध्यक्ष बरुण रेग्मी, कार्यपालिका सदस्यहरुमा शशी श्रेष्ठ, पूर्वाधार शाखाका राम प्रसाद श्रेष्ठ, इन्जिनियर सुमन पाण्डेय, सदस्य सचिवमा भरत आचार्य रहेका छन्।

नगरपालिकाले स्थानीय सञ्चार गृह सवलीकरण समिति, समुदायिक स्वास्थ्य केन्द्र निर्माण समिति तथा स्पोट्स एकेडेरी गठन तथा सम्भाव्यता अध्यन समिति समेत गठन गरी सार्वजनिक गरेको हो ।

तपाईको प्रतिक्रिया