नेपाल पत्रकार महासँघ पाल्पा शाखाद्धारा प्रवाह बुलेटिन प्रकाशन

पाल्पा । पाल्पामा प्रवाह बुलेटिन विमोचन गरिएको छ । नेपाल पत्रकार महासँघ पाल्पा शाखाद्धारा प्रकाशित प्रवाह बुलेटिन महासँघका केन्द्रीय महासचिव रोशन पुरी र शाखा अध्यक्ष रेखीराम रानाले विमोचन गरेका छन् ।

पाल्पा शाखाको ३० औं स्थापना दिवसको अवसरमा प्रकाशित बुलेटिन स्थानीय देखि राष्ट्रिय स्तरमा सञ्चारमाध्यमा देखिएका समस्या र समाधान सम्वन्धि दर्जनौ लेखहरु समावेश गरिएको छ ।

प्रवाहमा पाल्पाका सञ्चारमाध्यको विवरण, महासंघका गतिविधिहरु, सदस्यहरुको विवरण समावेश गरी प्रकाशन गरिएको जिल्ला अध्यक्ष रेखीराम रानाले बताए । स्थापना दिवसकै अवसरमा पत्रकार महासघ पाल्पा शाखा स्थानमा योग्दान गर्ने संस्थापकहरु र पूर्व जिल्ला अध्यक्षलाई सम्मान गरिएको छ ।

केन्द्रीय महासचिव पुरी र शाखा अध्यक्ष रानाले संस्थापक र पूर्व अध्यक्षहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । १८ जना संस्थापक र दुई जिल्ला अध्यक्षलाई सम्मान गरिएको शाखाले जनाएको छ । पत्रकार मेघराज शर्माको नेतृत्वमा पत्रकार महासघको शाखा स्थापना गरी पाल्पाली पत्रकारहरुलाई संस्थागत गरिएको थियो ।

पाल्पा शाखाको नियमित गतिविधिहरुलाई प्रकाशन तथा प्रशारण गर्न सहजताका लागि वेभसाइट सञ्चालनमा ल्याएको हो ।महासचिव पुरीले प्रेस स्वतन्त्रता र नागरिकका हक अधिकारका पक्षमा नेपाल पत्रकार महासँघ सधै लडिरहने बताए । प्रेस स्वतन्त्रता रहेमात्र नागरिकका अधिकार सुनिश्चित हुने बताउदै उहाँले आफूहरु प्रेस स्वतन्त्रताको पक्षमा उभिएको बताए ।

संस्थापक अध्यक्ष मेघराज शर्माले पाल्पामा शाखा स्थापना गर्न २० जना सदस्य नपुगेर गुल्मीबाट एक जना पत्रकार ल्याएर गठन गरिएको अनुभव सुनाए । उनले नेपाल पत्रकार महासँघ पाल्पा शाखाका अध्यक्षहरुले केही न केही नमुना काम गरी रहनुभएकोले बताए ।

तपाईको प्रतिक्रिया