सडक र चालकको लापरबाहीले पाल्पामा दुर्घटना बढ्दो

पाल्पा । पाल्पामा अधिकाँश सवारी साधनको दुर्घटनाको मुख्य चालक र सडक रहेका छन् । मापदण्ड विपरित बिस्तार गरिएका सडक र चालकको लाहपरबाहीका कारण दुर्घटना रोकिएको छैन । गत आइबार पाल्पामा भएको दुर्घटनाको कारण सात जनाको मृत्युभयो ।

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवा दुर्घटना हुँदा बसमा सवारी १५ घाइते भएका थिए । लास तथा मलामी बोकेको बस दुर्घटनाबाट ठुलो मानवीय क्षति भयो । बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको मलामी गएकाहरू चढेको बस दुर्घटनाको कारण सडक, चालककै दोष रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीका अनुसार चिप्लो ओरालो सडक सकिएसँगै घुम्तीमा चालकको लापबारहीले दुर्घटना भएको बताए ।

तानसेन हार्थोक रिडी सडक अन्तरगत लघुवा पक्की सडकमा दुर्घटना भएको थियो । तीव्र गतिमा बस गुडिएकोले घुम्ती कटाउन नसक्दा दुर्घटना भएको प्रहरीको प्रतिवेदनमा उल्लेख छ  ।

बसमा सवार मलामीहरुले चालकको लाहपरबाहीकै कारण दुर्घटना भएको हो । बसमा यात्रा गरेदेखि दुर्घटनाका लक्षणहरु चालकले देखाएको थियो । चालकको लाहपरबाही देखेर आफु होसियार भएको हो । बस दुर्घटना आफु बाँचियो र नयाँ जीवन पाएको बसमा सवारी मलामी शिव प्रसाद भुसालले बताए । उनी बुटबलबाट सोही गाडीमा रिडी मलामी हिडेका थिए ।

सडक विस्तार गर्दा मापदण्ड विपरित निर्माण गरिएकोले दुर्घटना रोकिएको छैन । हार्थोक रिडी सडक निकै साँगुरो ओरालो, घुम्ती चिप्लो रहेकै कारण पटक पटक दुर्घटना हुने स्थानीयबासिन्दाको दावी छ ।

विगतका वर्षहरु यही स्थानबाट पाँच पटक सडक सवारी दुर्घटनाको स्थानीयबासिन्दा सुरेश घर्तीले बताए । आफुहरुले पटक पटक सरोकारवाला निकायलाई सडक फराकिलो बनाउन अनुरोध गरिएपनि सो काम नहुँदा मानवीय क्षति भएको गुनासो छ ।

हार्थोक रिडी सडक अन्तरगतका अधिकाँश सडक सागुरा तथा ओरालो सकिएसँगै घुम्ती सुरु हुन्छ । तीव्र गतिमा आएका सवारीसाधन घुम्तीमा बढी दुर्घटना भएका छन् । यस क्षेत्रको दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालय पाल्पाले घुम्ती कटानमा चासो दिएको छैन । स्थानीयबासिन्दा विश्व कार्कीले सडकका घुम्ती कटान गरी फराकिलो बनाउन आवश्यक देखिएको बताए ।

 

तपाईको प्रतिक्रिया