पाल्पा । नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले पुराना नेता धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा निविरोध निर्वाचित गरेको छ ।
आकांक्षी धेरै भए पनि अन्तिममा घिमिरे निर्विरोध भएका हुन् ।
एमाले जिल्ला कमिटी १ सय ५ सदस्यीय रहेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिव भोजराज पोखरेल (रामजी), उपसचिव टीका थापा र सुनिता शर्मा निर्विरोध भए । जिल्लाका ८१ वटै वडालाई समेटेर जिल्ला कमिटी निर्माण गरिएको छ ।
तानसेन नगरपालिका–९, तिन्टीआँप मदनपोखरामा शुक्रबार एमालेको अधिवेशन सुरू भएको हो ।
अधिवेशनको उद्घाटन गर्दै पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य दलबहादुर रानाले एमाले अझ बढी एकताबद्ध भएर आगामी निर्वाचनको तयारी गर्नुपर्ने बेला आएको बताएका थिए ।
अधिवेशनका लागि जिल्लाका सबै वडा तथा पालिका तहबाट ७ सय प्रतिनिधि सहभागी भएका थिए ।





















