
अर्घाखाँची । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्षमा कृष्ण बर्मा चयन भएका छन् ।
त्यसैगरी नेपाल निजामती कर्मचारी संगठनबाट सिफारिसमा उपाध्यक्ष हरि प्रसाद डुम्रे र युनियनबाट सिफारिस सदस्य नारायण दमासेले चयन भएका हुन । बर्मा नेपाल निजामती कर्मचारी युनियनको सिफारिसमा अध्यक्ष बनेका हुन । अध्यक्ष बर्मा, उपाध्यक्ष डुम्रे, सदस्य दमासेले पदभा् ग्रहण गर्ने कार्य समेत सम्पन्न भएको छ ।
विस २०७७ साउन ३२ गते देखि अध्यक्ष झविन्द्र खनाल नेपाल सरकारको उपसचिव पदमा नियुक्त भए पश्चात् उक्त पद रिक्त रहेको थियो । वर्तमान अध्यक्ष बर्माले निवर्तमान अध्यक्षलाई सम्मान पत्र र दोसाल्ला ओढाई सम्मान गरेका थिए ।
ट्रेड युनियन अर्घाखाँचीले कर्मचारीका हितमा अन्तरक्रिया, जिल्ला प्रवेशद्धारमा स्वागत लेखेको होर्डिङ्ग बोर्ड, निःशुल्क लोकसेवा आयोगको तयारी, कक्षा र शाखा अधिकृत, उपसचिव, सह सचिवलाई मध्यनजर गर्दै वृत्ति पुस्तक प्रकाशन गरी देशमै उत्कृष्ट भएको बताउन निवर्तमान अध्यक्ष खनाले बताए ।
आधिकारिक ट्रेड युनियनलाई अगाडि बढाउन आफु सधै सकारात्मक रहेको अध्यक्ष बर्माले बताउनुभयो । पदभार ग्रहण गरेपछि अध्यक्ष बर्माले कर्मचतारी जहिले पनि राष्ट्र, जनताको पक्षमा सकारात्मक रुपमा काम गरी नागरिकको मन जित्न सफल हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका जिल्ला अध्यक्ष माधव अर्याल, नेका जिल्ला कार्य समिति सदस्य सूर्य प्रसाद भुसालको आतिथ्यता रहेको थियो ।