पाल्पाको पश्चिमी क्षेत्रमा हिउँ

पाल्पा । पाल्पाको पश्चिम र अर्घाखाँची जिल्लाको पुर्वी भागमा हिमपात भएको छ । १५ वर्ष पछि पाल्पाको सीमाना क्षेत्र तीनगिरे, अर्घाखाँची जिल्लाको पणेना दहको लेकमा हिउँ परेपछि चासो बढेको छ ।

हिउँ सगै खेल्न पाल्पा सदरमुकाम तानसेन, रिब्दीकोट, रैनादेवी छहरा गाउँपालिकाभित्रका अधिकाँश युवाहरु पुगेका छन् ।चिसोका बाबजुत पनि हिउँ हानाहान गरी युवायुवती खेलिरहेको दृश्य सार्वजनिक भएको छ । रैनादेवी छहरा गाउँपालिका ४ का वडाध्यक्ष विष्णु पोखरेलका अनुसार तीनगिरे पणेना क्षेत्रको जंगल सेताम्मे भएको हो ।

रैनादेवी छहरा गाउँपालिका ४ तीनगिरे क्षेत्रमा पहिला रुखको हाँगा नै भाँचिने गरी हिउ पर्ने गरेपनि अहिले सामान्य हिउँ परेपछि स्थानीयबासिन्दा त्यहाँ पुगी मनोरञ्जन लिएको वडाध्यक्ष पोखरेलले बताए ।

रैनादेवी छहरा सोमादीका सुभाष पोखरेलले हिउँसँग खेल्न र मनोरञ्जन गर्न गुल्मीको रेसुंगा पुग्नुपर्ने थियो । अहिले घर नजिकै हिउँ परेपछि यही रमाइयो । पोखरेलका अनुसार नजिकै हिउँ परेको पहिलोपटक देखियो, त्यसैले खुसी लागेको हो ।

रिब्दीकोटका अविरल क्षेत्री र तानसेनका सन्तोष गहतराज पनि हिउँमा रमाउने तीनगिरे पणेनाको जंगलमा पहिलो पटक पुगेका हुन । हिउँसँग रमाउन पाएपछि निकै उत्साहित देखिएका छन् ।

पाल्पामा पहिलो पटक हिउँ देखियो, त्यसैले यहाँ आएको हो, गहतराजले खुसी व्यक्त गर्नुभयो । जिल्लाको उच्च भूःभागमा पर्ने तीनगिरे र अर्घाखाँचीको पणेना सिमाना पर्छ ।

हिमपात परेपछि रैनादेवी छहरा गाउँपालिका क्षेत्रमा चिसो बढेको छ । दिर्घरोगी, बालबालिकाहरु चिसोबाट प्रभावित भएको छन् । शुक्रबार राति हिमपात भएपछि लेकमा अझै हिउँ पग्लिएको छैन । त्यसैले मानिसहरु तिनगिरेसम्म गाडी पुग्ने र पणेनाको जंगलमा पैदल पुगी हिउँसँग खेलिरहेको वडाध्यक्ष पोखरेलले जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया