
पाल्पा । आज २७ औ जनयुद्ध दिवसको अवसरमा नेकपा एमालेका जनप्रतिनिधि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
तिनाउ गाउँपालिका ५ का वडा सदस्य नर बहादुर आले नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका हुन । नेकपा माओवादीमा प्रवेश गर्ने आलेलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तुलाराम घर्तीले नेकपा माओवादी केन्द्र तिनाउका अध्यक्ष राजेश श्रेष्ठले पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रम श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । उक्त कार्यक्रमको मुख्य अतिथि पार्टीका केन्द्रीय सदस्य तुलाराम घर्ती, केन्द्रीय सल्लाहकार अमर प्रधान, निर्वाचन आयोगका केन्द्रीय सदस्य चक्रब्युह थापा, महिला नेतृ जानुका घर्ती, काल श्रेष्ठ लगायतले प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।
वडा १ देखि ६ नं सम्मका वडा कमिटीका अध्यक्षहरुले रिपोर्टिङ राख्दै तिनाउमा माओवादीलाई पहिलो पार्टी बनाउन योजनाबद्द लाग्ने धारणा राखेका थिए । बैठकमा सहिद परिवारका सदस्य गोमा अस्लामीलाई सम्मान गरिएको थियो । दिनेश जि सीको सञ्चालनमा भएको कार्यक्रममा पम्फा थापाले स्वागत गरेकी थिईन।