एमसिसि खारेजीको लागि नागरिकसँग अपिल : पाल्पाका राजनीतिक दलहरु

पाल्पा । पाल्पाका ५ कम्युनिष्ट पार्टी र राष्ट्रिय जनमुक्ती पार्टीले पाल्पाबाट प्रतिनिधि सभाका जनप्रतिनिधिहरुले एमसीसीका विपक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

साम्राज्यवादी शक्ति र देश भित्रका राष्ट्रघातीहरुले जवरजस्ती लागु गराउन रचिएको षडयन्त्रका विरुद्ध शशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राजेन्द्र विश्वकर्मा, नेकपा समाजवादी, पाल्पाका अध्यक्ष खिमलाल पाण्डेय कमल, राष्ट्रिय जनमोर्चा पाल्पा अध्यक्ष विशाल दलामी, नेपाल कम्युनिस्ट पार्टी, पाल्पा सचिव भुवन जिसी,राष्ट्रिय जनमुक्ती पार्टी, पाल्पा अध्यक्ष नारायण बहादुर कुवर, नेकपा (क्रान्तिकारी माओबादी) पाल्पाका सचिव लिला श्रेष्ठद्धारा संयुक्त रुपमा हस्ताक्षेर गरी प्रेस विज्ञप्तिमा “मिलिनियम च्यालेन्ज कर्पोरेशन परियोजना नेपालको संसदबाट पास गराएर कार्यान्वयन गराउने अमेरीकी रणनीति बिरुद्ध पाल्पा जिल्ला स्थित देशभक्त, प्रगतिशिल तथा एम.सि.सि. विरोधी राजनीतिक पार्टिहरुले राष्ट्रीय स्वाधिनता, सार्वभौमिकताका पक्षमा दृढताका साथ उभिने संकल्प गरेको छौ ।”

“एमसिसि सम्झौतामा प्रावधानहरु हेर्दा देशको राष्ट्रियता र स्वाधिनतामा गम्भीर आच आउने र नेपालको संविधान र कानुन भन्दा माथी रहने गरी ल्याइएको उक्त परियोजनाका विरुद्ध सम्पूर्ण देश भक्त, प्रगतीशिल र आम नागरिकहरुलाई यसको खारेजीको लागि एकताबद्ध हुन अपिल गर्दछौ,” विज्ञप्तिमा भनिएको छ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer