जनयुद्दका सहिद केबल गाहाको शालिकमा माल्यार्पण

बगनासकाली । नेकपा (माओबादी केन्द्र) बगनासकाली गाउँ कमिटिको आयोजनामा जनयुद्दका सहिद केबल गाहाको शालिकमा माल्यार्पण गरिएको छ ।

नेकपा माओवादी केन्द्रले सहिद सप्ताहको अवसरमा सहिद परिवार भेटघाट कार्यक्रमको आयोजना समेत गरेको छ ।

नेकपा माओवादी केन्दका केन्द्रिय सदस्य लुम्विनी प्रदेश सभा सांसद तुलाराम घर्तीको प्रमुख आथित्यता सहिदको गाहाको शालिकमा माल्यापर्ण गरी सहिद सप्ताहको सुरु गरिएको हो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय सदश्य अनिल किशोर घिमिरे, प्रदेश कमिटी सदस्य नेत्र प्रसाद पाण्डेय अनन्त, राजेन्द्र बिश्वकर्मा, मथुरा ढकाल , तुलसा राना लगायतका नेता उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता नेकपा माओबादी केन्द्र बगनासकाली गाउँ कमिटी अध्यक्ष कृष्ण भुषालले गरेको अतित शर्माले बताए ।

तपाईको प्रतिक्रिया