कालीगण्डकी नदिमा एक पुरुष मृत भेटिए, रुखमा झुण्डिएको अवस्थामा महिलाको शव

पाल्पा । पाल्पामा एकैदिन दुई जना मृत अवस्थामा फेला परेका छन्  । शुक्रबार एक पुरुष र एक महिला मृत अवस्थामा फेला परेका हुन् ।

जिल्लाको रामपुर नगरपालिका ८ आपचौरस्थित कालीगण्डकी नदीमा  पुरुष  मृत अवस्थामा फेला परेका हुन् भने रामपुर नगरपालिका १० मा एक महिला रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

स्याङजाको गल्याङ नगरपालिका –१ मालुङ्गाका ६० वर्षिय मान बहादुर बि.क. कालीगण्डकी नदीमा मृत फेला परेका हुन् ।

गत मंगलबार पाल्पाको रम्भा गाउँपालिका –१ हुँगीस्थित दाईको घरमा भेटघाट गर्न आएका र भेटघाटपश्चात मंगलबार नै त्यहाँबाट हिँडेपनि स्याङजास्थित घरमा फर्किका थिएनन् । घरमा नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार साँझ कालीगण्डकी नदीमा मृत फेला परेको प्रहरीको भनाई छ ।

त्यस्तै, रामपुर नगरपालिका –१० गोकर्नेकी ३६ वर्षीया हिरादेवी न्यौपाने झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । उनी शुक्रबार साँझ आफ्नै बारीमा खनियाको रुपमा पासो लगाई मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुबै घटनासम्बन्धि थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिए ।

यो पनि…

भुतखोलामा डुबेर एकजनाको मृत्यु

तपाईको प्रतिक्रिया