पाल्पा । पाल्पाको रम्भा गाउँपालिकामा प्रहरी र असन्तुष्ट मतदाताबीच झडप भएको छ । झडपमा ३ जना प्रहरीसहित ५ जना घाईते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले नयाँधारलाई बताए । नेपाल प्रहरी र सशस्त्र प्रहरीले ४–४ सेल अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा ५ जना घाईते भएका हुन् ।

मतगणनास्थल भित्र वार्ता भईरहेको अवस्थामा बाहिर असन्तुष्ट कार्यकर्ता एवं मतदाताहरुले नाराजुलुस र ढुंगामुढा गर्न थालेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रजिअ पन्तले बताए । रम्भामा मतगणना गर्ने क्रममा फर्जी मत भेटिएको भन्दै शनिबार साँझदेखि नै मतगणना स्थगित छ ।

वडा नंं. ५ ताहुँको मतगणना गर्ने क्रममा ७४ मत फर्जी भेटिएको भन्दै आईतबार विभिन्न दलहरुले विज्ञप्ती निकालेर पुनः मतदानको माग गरेका थिए ।

यो पढनुहोस्

पाल्पाको रम्भा गाउँपालिका : फर्जी मत भेटिएको भन्दै पुनः मतदानको माग [प्रेस विज्ञप्तीसहित]

 

आईतबार संघीय तथा प्रदेश सांसद, पार्टी अध्यक्ष तथा सभापतिहरुसँग छलफल गरेर सहमति जुटाउने प्रयास गरिएको थियो । ‘पहिलेका गणकहरुलाई निकालेर अर्को टोली पठाएर पुनः गणना गर्ने र गल्ती भएको रहेछ भने अर्को प्रक्रियामा जाने, ठिक रहेछ भने गणना सुरु गर्ने भनेर अर्को टोली पठाएको थियो’ प्रजिअ पन्तले भने, ‘मतगणनास्थल भित्र राजनीतिक दलहरुको वार्ता भईरहेको अवस्थामा बाहिर पुन मतदान हुनुपर्ने मागसहित नाराजुलुस् र ढुंगामुढा भएपछि झडपको स्थिति आएको हो ।’

अहिले त्यहाँको स्थिति सामान्य बनेको प्रजिअ पन्तले बताए । त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

त्यहाँको अवस्थाबारे कृष्ण अर्यालले फेसबुकमा पोष्ट गरेको भिडियो

तपाईको प्रतिक्रिया