तिनाउ गाउँपालिका अध्यक्षमा एमालेका प्रेम श्रेष्ठ निर्वाचित

पाल्पा । तिनाउ गाउँपालिकामा नेकपा एमालेले जित निकालेको छ । सोमवार बिहान एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् ।

श्रेष्ठले प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजेश श्रेष्ठलाई झन्डै ७ सय मत अन्तरले पराजित गरे ।

राजेन्द्र श्रेष्ठले जम्मा ४ हजार ४४६ मत मात्रै ल्याए । गाउँपालिका उपाध्यक्ष भने नेपाली कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए । एमालेकी सावित्रा राना गुरुङले ४ हजार ४६५ मत पाइन् ।

यो पनि

पूर्वखोला गाउँपालिकामा फराकिलो मतान्तरसहित नुन बहादुर र भागिरथी नै दोहोरिए

तपाईको प्रतिक्रिया