कमल अधिकारी

पाल्पा । तानसेन नगरपालिकामा विजयी भएको सत्तारुढ गठबन्धनले विजयी र्‍याली गरेको छ । नगरप्रमुख, उपप्रमुख सहित वहुमत वडामा विजयी भएको गठबन्धनले खुशीयालीमा बुधबार तानसेनमा विजयी र्‍याली निकालेको हो ।

टुँडिखेलबाट सुरु भएको र्‍याली तानसेन बजारका विभिन्न भागको परिक्रमा गरी हुलाक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

विजयी र्‍यालीमा नगरप्रमुखमा विजयी सन्तोषलाल श्रेष्ठ, उपप्रमुखमा विजयी प्रतिक्षा सिंजाली, गठबन्धनबाट वडामा विजयी वडाअध्यक्षहरु लगायतका जनप्रतिनिधिहरु एवं गठबन्धनतर्फका दलका कार्यकर्ताहरुको उपस्थिति थियो ।

तानसेनमा नगर प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका श्रेष्ठ र उपप्रमुखमा गठबन्धनबाट (नेकपा माओवादी केन्द्र)की प्रतिक्षा सिंजाली विजयी भएकी हुन् । १४ वडा रहेको तानसेनका १० वडामा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।

हेर्नुहोस् विजयी र्‍यालीका केही तस्वीरहरु :

तस्वीरहरु : नयाँधार अनलाइन

तपाईको प्रतिक्रिया