
पाल्पा ।पाल्पाको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पदवाहली गरेका छन् ।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित कार्कीले पदवाहली गरेका छन् ।
गाउपालिका अध्यक्षमा निर्वाचित अध्यक्ष नारायण बहादुर कार्की, उपाध्यक्ष कान्ता अधिकारी सहितको जनप्रतिनिधिहरुले पदवाहली गरेका हुन् ।
पदवाहली कार्यक्रममा निर्वतमान अध्यक्ष नारायण बहादुर जिसीले सबै जनप्रतिनिधिलाई स्वागत गरेका थिए ।
पदवाहली कार्यक्रम पछि अध्यक्ष कार्कीले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै समृद्ध रिब्दीकोट बनाउने अभियानमा आफ्नो टिमले काम गर्ने बताए ।
शुक्रबार नै कार्की नवनिर्वाचित जनप्रतिनिधिहरु गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन ।
वडाध्यक्षहरुले सपथ पछि वडाध्यक्षको पदवाली समेत गरेको जनाएको छ ।