पाल्पा । सुख्खा पहिरो खसेका कारण तानसेन– बुटवल सडकखण्ड यतिबेला अवरुद्ध छ । सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका –५ कालीमाटीमा सोमबार दिउँसो १ः१० बजे सुख्खा पहिरो खसेको थियो ।
सम्बन्धित समाचार : कालीमाटीमा सुख्खा पहिरो खस्यो, तानसेन–बुटवल सडक अवरुद्ध
सडकमा ढुंगा र बाँसको झाडीसहित सुख्खा पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो । पहिरो खसेको दुई घण्टा हुँदा अहिले जेसीबीले पहिरो पन्छाउने काम गरिरहेको छ । तानसेनदेखि वुटवलतर्फ जाने तथा बुटवलदेखि तानसेनतर्फ आउने सवारीसाधन सडकमै रोकिएका छन् । यात्रुहरु सडकमै अलपत्र छन् ।
सडक एकतर्फी खुलाउन पनि अझै केही समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए ।
तस्वीरहरु : पत्रकार अनिल खत्रीबाट प्राप्त