सामाजिक सञ्जालमार्फत ठगीका घटना बढेको भन्दै पाल्पा प्रहरीले गर्यो सचेत हुन अनुरोध

पाल्पा । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालहरुमार्फत ‘चिठ्ठा तथा लक्की ड्र बिजेता’ भन्दै ठगीका घटनाहरु बढेको भन्दै यसमा सचेत हुन जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।

‘चिठ्ठा तथा लक्की ड्र’ बिजेता बनेको भनि ठूलो रकम जितेको भन्ने भ्रम पारी बैंक खाता नम्बर तथा पासवर्ड जस्ता विवरण माग गरी रकम निकालिदिने प्रवृत्ति बढ्दै गएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको हो । चिनेजानेको कुनै आफन्त तथा साथीको नाममा फेक अकाउण्ट खोली विश्वास दिलाई रकम माग गरी ठगी गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै प्रहरीले समयमै समेच हुन सर्वसाधारणहरुमा अनुरोध गरेको छ ।

प्रहरीको अनुरोध छ – ‘सम्बन्धित सम्पूर्ण सर्वसाधारणहरुलाई समयमै सचेत भई आफ्नो ब्यक्तिगत विवरण, बैंक खाता नंं. तथा पासवर्डहरु कोही कसैलाई उपलब्ध नगराउन तथा सामाजिक सञ्जाल प्रयोग गरी आफन्त तथा साथीहरुको एकाउण्टबाट पैसा माग गर्नेहरुको व्यक्तिगत विवरण भेरिफाइ नगरी रकम नपठाउन अनुरोध गरिएको छ ।’

शंकास्पद तवरले पैसा माग गरेमा वा लोभ लालच देखाई व्यक्तिगत विवरण माग गरेमा सो को जानकारी नजिकको प्रहरी कार्यालयमा दिनुहुन पनि प्रहरीले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया