सिद्धबाबा सुरुङमार्गको निर्माण कार्य यसै वर्षदेखि शुरू गरिने

पाल्पा । तानसेन बुटवल सडक खण्ड अन्तगर्त सिद्धार्थ राजमार्गमा पर्ने सिद्धबाबामा यसै वर्षदेखि सुरूङमार्ग निर्माण कार्य शुरु गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै सिद्धबाबा सुरुङमार्ग यसै आर्थिक वर्षबाट निर्माण शुरू हुने बताएका हुन् ।

सरकारले सुरुङ निर्माणका लागि १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । एक किलोमिटर १२६ मिटर लामो सुरुङ दुई लेनको हुने गरि निर्माणका लागि स्वीस सरकारले परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार गरिसकेको छ ।

सुरुङमार्ग र ‘रकसेड’ निर्माणका लागि सो डिजाइनका आधारमा निर्माण सुरु भएको पाँच वर्षमा संरचना निर्माण सकिने प्रावधान रहेको छ । भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले विसं २०७६ कात्तिकमा डिजाइन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चितताको माग गरेको थियो ।

१२ महिनै पहिरो जाने शिद्धबाबा क्षेत्रमा वर्षेनी यात्रुहरुले ज्यान गुमाउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया