सीआईएनको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट रायमाझी सम्मानित

तानसेन। पाल्पाको सामुदायिक रेडियो मुक्तिनाथका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महाँसघ पाल्पाका सदस्य भुवन रायमाझी सामुदायिक सूचना नेटवर्क सीआईएनको सामुदायिक उत्कृष्ट पुरस्कारबाट पुरस्कृत भएका छन् ।

सीआईएनले १३ औं वार्षिक उत्सवको अवसरमा यस वर्षको सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट नगदसहित रायमाझीलाई सम्मान गरेको हो ।

पाल्पाका भुवन रायमाझीसहित चार जनालाई सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेद्रबहादुर कार्कीले पुरस्कारले सम्मान गरेका हुन् ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले रायमाझीसहित सामुदायिक रेडियो ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ बाट सुसिला श्रेष्ठ, शोभा हुमागाईँ लगायतलाई सम्मान गरेका हुन् ।

रायमाझीले पाल्पाको सामुदायिक रेडियो मुक्तिनाथबाट विगत तीन वर्षदेखि सीआईएनमा आवद्ध रहेर काम गर्दै आएका थिए ।

यस्तै सीआईएनले वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारी, शिक्षाविद् डा. विद्यानाथ कोइराला, प्राध्यापक धुब्र घिमिरे, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी, सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई पनि सम्मान गरेको छ ।

यस्तै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल, राजनीतिक विश्लेषक जैनेन्द्र जीवन, शिक्षक सेवा आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठालाई समेत वार्षिकोत्सवका अवसरमा सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया