
पाल्पा । गैरआवासीय नेपाली संघ अमेरिकाको सहयोगमा किङ्गस्वे मिनिष्ट्र नेपालद्धारा आयोजित ५० औं विश्व वातावरण दिवसको अवसरमा विविध कार्यक्रम सहित मनाइएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद संयुक्त राज्य अमेरिका इन्भारमेन्टल डिपार्टमेन्ट हेडका डिलु पराजुलीको नेपालको वातावरण सुन्दर रहेको बताए । नेपाल र नेपालीले नेपालको सुन्दर वातावरण जोगाउन आश्वयक रहेको पराजुलीले बताए ।
किङ्गस्वे मिनिष्ट्र नेपालका अध्यक्ष तथा कार्यक्रममा अध्यक्ष सन्जय घलेले दैनिक रुपमा वातावरणमा ह्रास आएकोले यसले थप समस्या सिर्जना गर्ने बताए । मानव जातिको प्रयासले नै वातावरण संरक्षणमा चासो देखाउनुपर्ने बताए ।
सोही अवसरमा राष्ट्रिय भूमि आयोग पाल्पाका अध्यक्ष मोहन गैरेले पछिल्ला वर्षहरुमा मानवीय क्रियाकलापका कारण वातावरण बिग्रिएको बताए । वातारण जगाउने दायित्व मानव जातिकै रहेको गैरैले बताए ।
सोही बतृत्वकला निवन्ध प्रयोगीता, कोलाज आर्टमा पहिला, दोस्रो, तेस्रो स्थान हासिल गर्ने प्रतियोगीलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । वातावरण जोगाउ भन्ने नारा सहित तानसेनमा जनतामुलक रयाली गरिएको आयोजकले जनाएको छ ।
नेपलीज डष्ट रिसाईक्लीङ, श्रीनगर साइन्स क्लबको सह आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।