सिद्धबाबामा सुरुङ मार्ग निर्माण नथालिए धर्ना बस्छुः सासंद पाण्डेय

पाल्पा। पाल्पा क्षेत्र नं. दुईका सासंद सोम प्रसाद पाण्डेयले सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माण तत्काल सुरु नभएर संसदमा धर्ना बस्ने बताएका छन् । उनले मंगलबार संघीय संसदमा विनियोज विधेयक २०७९ को विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा सो कुरा बताएका हुन् ।

उनले सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमको क्षेत्रमा मानिने क्षेत्रमा सुरुङ मार्ग निर्माणका लागि सबै प्रक्रिया पुरा भए पनि हालसम्म काम सुरु नभएको बताए ।

सुनौली पोखराको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड साढे दुई वर्ष पहिला दश अरब १५ करोडको स्रोत सुनिश्चित भएर ठेक्का लागेको भए पनि काम सुरु नभएको उनले बताए । ठेक्का लागेको सुनिएको छ तर आलटाल भएको छ।

‘मैले यही सदनमा भनेको थिए । यो ठाउँमा सुरुङ मार्ग बनाइएन भने म अनशन बस्छु भनेर मैले विषेश समय लिएर बोलेको थिए । त्यसका लागि डिजाइनिङ्ग भयो, ठेक्का पनि भयो, तर अहिले पनि काम सुरु गर्न आलटाल भएको छ । फेरी पनि मैले धर्ना बस्नुपर्ने अथवा घेराउ गर्न नपरोस्।’उनले भने ।

सो क्षेत्रको पाँच किलोमिटर सडकमा अहिले पनि बाटो खराब छ । २८ सालदेखि सुरु भएको बाटोमा हालसम्म ९७३ जनाले ज्यान गुमाइसकेको हुँदा त्यसका लागि सडकको स्तरउन्नतीका लागि पहल गर्ने अनरोध गरे। पाच वर्ष अघि पठाएको रकम ठेकेदार कम्पनीले तीन वर्षमा सकेको र काम नभएको उनले बताए ।

उनले गत वर्ष र यो वर्ष पनि मनसुन सुरु भएपछि मात्रै काम सुरु गर्ने र सडक अलपत्रै पार्ने अवस्था रहेको जनाए । यो पटक कालोपत्रे गरेर सवारी पास गर्ने गरी काम सम्पन्न नभए भौतिक पूर्वाधार मन्त्रालयले त्यो कम्पनीलाई कालोसूचीमा राख्ने तथा ठेकदारलाई पनि कारबाही गर्न उनले माग गरेका छन् ।

सासंद पाण्डेले सस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तरगत धेरै पूर्वाधार बनाउनु पर्ने बताए । उनले भने निजगढ विमानस्थल निर्माणका कुनैपनि विवाद नराखेर निर्माण थालनी गर्नुपर्ने बताए ।

पर्यटन पर्वधनका लागि सबैभन्दा मुख्य मार्ग भनेको हवाई मार्ग भएका कारण पुरा गर्नुपर्ने बताए। यस्तै उनले तानसेन एतिहासिक शहर भएका कारण श्रीनगरमा मौलिकता नबिग्रने गरी लुम्बिनीसंग जोडेर पर्यटन पर्वधनका लागि नेपालकै सबैभन्दा ठूलो बुद्धको मूर्ती निर्माण गर्नुपर्ने बताए । यस्तै एतिहासिक नेपाल भारत युद्धका क्रममा अग्रेजलाई हराएको तिनाउको नुवाकोटमा एङ्लो नेपाल वार स्मारक पार्क निर्माण गर्नुका लागि पर्यटन मन्त्रालयले ध्यान दिन अनुरोध गरे ।

यस्तै बेदमा उल्लेख भएको तानसेन नगरपालिका वडा नं.९ को दमकडामा रहेको माण्डय ऋषिको तपस्या गरेको स्थानमा माण्डव्य सरोबर बाउनका लागि गतवर्षदेखि सुरु भएकोमा यो पटक छुटेको हुँदा ध्याकर्षण गराए ।

भैतिक पूर्वाधार मन्त्रालयलाई सालझण्डी सुन्दरढुंगा सडक विस्तारका लागि छुटेको हुँदा प्रस्ताव गरेको भए पनि छुटेको हुँदा समावेश गर्नुपर्ने उनले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको