
पाल्पा। पाल्पा निर्वाचन क्षेत्र नं. १ का पूर्व सासंद भद्रबहादुर थापाको निधन भएको छ ।
नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार सदस्य समेत रहेका थापाको ७४ वर्षको उमेरमा शनिबार बिहान आफ्नै निवास रामपुर नगरपालिका वडा नं. १० बर्दलेमा निधन भएको हो ।
थापा नेकपा एमालेबाट निर्वाचित भएर वि.स.२०४९ देखि २०५४ सम्म गेझा गाविसको अध्यक्षको रुपमा सेवा गरेका थिए । यस्तै २०५४ देखि २०५६ सम्म जिल्ला विकास समितिमा उपसभापति भएका थापा २०५६ सालमा संसदीय निर्वाचनमार्फत प्रतिनिधि सभासा निर्वाचित भएका थिए ।
पूर्णकालिन राजनीतिक जीवन विताएका थापाको शनिबार बिहान आफ्ना पिताको क्रियाक्रम सकेर निधन भएको नेकपा एमाले पाल्पाले जनाएको छ ।