पाल्पामा बालिका बलात्कार गरी फरार पुरुष पक्राउ

पाल्पा। जिल्ला प्रहरी कार्यालय पाल्पाले बालिकालाई जबरजस्ती करणी गरी फरारा रहेका पुरुषलाई नियन्त्रणमा लिएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिकामा बस्ने १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा रिब्दीकोट गाउँपालिका वडा नं. १ ख्याहाका ३९ वर्षीय विष्णुबहादुर विकलाई पक्राउ गरेको हो ।

विकले एक साताअघि रिब्दीकेट गाउापालिका वडा नं.२ को सानोदमकस्थित जंगलको खोल्सामा जबरजस्ती करणी गरी फरार भएका थिए।

जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाका पीडित बालिकाको आमाले प्रहरीमा जाहेरी दिएपछि प्रहरी चौकी सर्देवा र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान अधिकृतसहितको टोलीले खोजतलास गर्दा सोमबार राति विकलाई पक्राउ गर्न सफल भएको हो ।

उनलाई रिब्दीकोट गाउँपालिका वडा नं. ६ स्थ्ति तल्लो तालबाट पष्क्राउ गरिएको र हाल थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

आरोपित विक पछिल्लो समय तानसेन नगरपालिका वडा नं. १४ को रनुवामा बस्दै आएका थिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer