लुम्बिनी प्रदेशको बजेट ४२ अर्ब ६३ करोड ५७ लाख [पूर्णपाठसहित]

तानसेन। लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९।८० का लागि ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको छ । कृषि, शिक्षा , स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै लुम्बिनी सरकारले बजेट सार्वजनिक गरेको हो ।

बुधबार लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रस्तुत प्रस्तुत गरेको बजेटमा पुँजीगततर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ छुट्याइएको बताए । यस्तै चालु खर्चका लागि १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ बजेट छुट्याइएको खड्काले बताए ।

पुँजीगततर्फको यो कुल बजेटको ५७.४१ प्रतिशत रहेको तथा चालुतर्फ यो कुल बजेटको ३१.२६ प्रतिशत बजेट विनियोजन भएको मन्त्री खड्काले बताए ।

प्रदेश सरकारले वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख रुपैया बजेट छुट्याइएको मन्त्री खड्काले बताए । बजेटमा प्रदेश गौरव योजनाका लागि १ अर्ब ६९ करोड छुट्याइएको छ।

यस्तै रुपन्देहीमा रहेका प्रदेश मन्त्रालय एक वर्षभित्र स्थायी राजधानी दाङमा सार्न‚ राप्ती प्राविधिक शिक्षालय स्थानान्तरण र सरस्वती माविको स्तरोन्नतिका लागि ७ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मन्त्री खड्काले बताए ।

पूर्वाधार विकाससँगै कृषि, स्वास्थ्य र सामाजिक विकासमा समेत केही नयाँ कार्यक्रम ल्याइएको मन्त्री खड्काले बताए । बजेट कार्यान्वयनका लागि आन्तरिक राजस्वतर्फ ३ अर्ब १० करोड ५९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै चालु आर्थिक वर्षको बचत रकमबाट ४ अर्ब रहने र आन्तरिक ऋण १ अर्ब परिचालन गर्ने बजेटमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया