नयाँ सडक खने कारबाही हुने [सूचनासहित]

पाल्पा। असारदेखि भदौंसम्म नयाँ सडक खन्न नपाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत, सडक विभागले वर्षाको समयमा नयाँ सडक खन्नका लागि रोक लगाएको हो ।

विभागले एक सूचना जारी गर्दै असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको छ।

विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले धारा, ढल, बिजुली, टेलिफोनलगायत मर्मतका सडक खन्दा तत्काल मर्मतसम्बाहार गरी यथास्थितीमा ल्उान नसकिने र सडक थप बिग्रिदै जाने हुँदा सडम डिभिजन मातहतका कुनै पनि सडक नखन्न भनेको छ ।

सूचनामा उल्लेख भए अनुसार यदि सडक डिभिजन कार्यालयले स्वीकृति नदिंदा पनि सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कारबाही गरिने चेतावनी पनि डसक डिभिजन कार्यालयले दिएको छ ।

हेर्नुहोस सूचनाः

तपाईको प्रतिक्रिया