तानसेन। सडक डिभिजन कार्यालय पाल्पाले सिद्धार्थ राजमार्गमा टिपर चलाउन रोक लगाएको छ ।  डिभिजन कार्यालयले सूचना जारी गर्दै असार १ गतेदेखि भदौं मसान्तसम्म सिद्धार्थ राजमार्गमा टिपर संचालनमा रोक लगाएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाका डिभिजन प्रमुख रामेश्वर लम्सालका अनुसार सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालबहाक सवारी संचालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी संचालनलमा रोक लगाइएको हो ।

उक्त सडकमा अत्याधिक भारबहन भएका टिपरहरु संचानलमा रोक लगाउन सहजीकरणका लागि स्थानीय प्रशासन र प्रहरी कार्यालयललाई समेत सडक डिभिजन पाल्पाले अनुरोध गरेको छ ।

यो सडकमा बाह्रै महिना सास्तीको यात्रा गर्न यात्रुहरु बाध्य भएका छन् । भने वर्षाको समयमा दैनिकजासो पहिलोका कारण सडक अवरुद्ध पनि हुने समस्या रहेको छ ।

सूचना हेर्नुहाेसः

तपाईको प्रतिक्रिया