तानसेन। राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव  तुलबहादुर अधिकारीले धर्मपत्नि प्रतिक्षा अधिकारीका नाममा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।

अधिकारीले प्रेस चौतारी नेपाल पाल्पा शाखामा ५५ हजार ५ सय ५५ रुपैँया राशीको ”प्रतिक्षा स्मृती पत्रकारिता पुरस्कार” स्थापना गरेका हुन्। श्रीमतीको कोरोना संक्रमणबाट मृत्यु भएपछि उनले पत्रकारिता पुरस्कार कोष स्थापना गर्ने घोषणा गरेका थिए।

हालै उनले घोषणा गरे अनुसारको रकम प्रेस चौतारी पाल्पा शाखालाई हस्तारन्तरण गरेका छन् । कोषको रकम हस्तान्तरण गर्दै अधिकारीले पाँच वर्षमा कोषलाई बढाएर एक लाख पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

अधिकारीले स्थापना गरेको अध्यक्षकोषबाट प्रेस चौतारी पाल्पाबाट स्वास्थ्य क्षेत्रमा कलम चलाउने पत्रकारका लागि पुरस्कार प्रदान गर्ने गरी कार्यविधि बनाउने शाखा अध्यक्ष कृष्ण कार्कीले नयाँधारलाई बताए ।

अधिकारीले प्रेस चौतारी नेपाल पाल्पा शाखाले नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्षकोषको रकम हस्तान्तरण गरेका थिए ।

यो पनि हेर्नुहोस्ः

प्रेस चौतारी पाल्पा शाखाले गर्यो निर्वाचित प्रतिनिधिलाई सम्मान

 

 

 

 

तपाईको प्रतिक्रिया