तानसेन-बुटवल सडक एकतर्फी खुल्यो

तानसेन। ढुंगासहितको पहिरो खसेपछि अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी रुपमा खुलेको छ ।  सडक डिभिजन कार्यालय पाल्पा र प्रहरीको पहलमा पहिरो पन्छाएपछि तानसेन बुटवल सडक सडक एकतर्फी खुलेको हो ।

गएरातिदेखि परेको वर्षाका कारण सो राजमार्गको पानी मिल, जडिबुटी तथा सिद्धबाबा क्षेत्रको आधा दर्जन स्थानमा सडक अवरुद्ध भएको थियो ।

दिउँसो पानी पर्न छाडेपछि पहिरो हटाई एकतर्फी सवारी अवागमन हुनेगरी बाटो खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ ।

सडक डिभिजन कार्यालयले बिहानैदपिहिरो पन्छाउने प्रयास गरेपनि निरन्तर वर्षा भएका कारण पानी पहिरो पन्छाउन समस्या भएको जनाएको थियो । बाटो खुलेसंगै बिहानैदेखि अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् ।

पहाडबाट ढुंगासहित पहिरो खस्ने समस्याका कारण यो सडकको यात्रा बाह्रे महिना कष्टकर हुने गरेको यात्रुहरुको भनाई छ।

दुईतर्फी सवारी अवागमन भने भोलिदेखि मात्रै हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको