तानसेन। गए रातिदेखि परेको अविरल वर्षासंगै ठाउँ-ठाउँमा पहिरो खसेर अवरुद्ध सडकहरु एकतर्फी रुपमा खुलाइएको छ।
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डका विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर एकतर्फी रुपमा सडक खुलाइएको प्रहरीले जनाएको छ । हालका लागि सडक खुलेपनि पुनः पहिराेकाे जाेखिम कायमै रहेकाे प्रहरीले बताएकाे छ ।
सो राजमार्गको राम्दीदेखि चिडियाखोलासम्म दर्जन बढी स्थानमा ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो अहिले सडक डिभिजन कार्यालयको पहलमा पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी पास हुने व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताए ।
यस्तै तानसेन-रिडी-तम्घास सडक खण्डको विभिन्नन स्थानमा खसेको पहिरो पनि हटाइएको छ तर अहिले पनि वर्षा नरोकिएको हुँदा पुनः सडक बन्द हुने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।
जिल्लाका मुख्य राजमार्गको पहिरो पन्छाए पनि ग्रामीण सडकहरुमा खसेको पहिरो भने पन्छाउन समस्या भएको छ । निरन्तको झरीका कारण जिललाको नजीवन कष्ठकर बनेको स्थानीयले बताएका छन् ।
खोला नाला बढेको र ग्रामीण बस्तीमा विदुत र सञ्चार सेवामा पनि समस्या देखिएको स्थानीयको भनाई छ ।



