पाल्पामा पनि धान दिवस मनाइयो [तस्वीरसहित]

तानसेन। १९ औं राष्ट्रिय धान दिवस पाल्पामा पनि विविध कार्यक्रम गरि मनाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले छुट्टा छुट्टै धान दिवस मनाएका हुन् ।

यस्तै विभिन्न समूह र किसाका हक हितमा काम गर्ने संगठनले पनि धान दिवस मनाएका छन् । धान दिवसको अवसरमा पूर्वखोला गाउँपालिका र कृषि ज्ञान केन्द्रको समन्वयमा रिङ्नेरहमा एक कार्यक्रम गरि दिवस मनाइएको छ ।

सो कार्यक्रममा बाजागाजासहित धान रोपाएँ गरियो । झट्ट हेर्दा निकै रौनक र पुरानो परम्परा झल्किने गरी असारे मौलिक भाका(वाली) गाएर खेतेमा हिलो खेल्दै दिवस मनाइएको हो ।

दिवसका अवसरमा महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजन गरिएको कृषि ज्ञान केन्द्रकी प्रमुख कामना अधिकारीले बताउनुभयो । खेतमा हल गोरु, बाउसे र रोपाहारी जुटेर दिवस मनाउँदा पुरानै परम्पराको जर्गेणा हुने विश्वस बढेको सहभागीहरुले बताएका छन् ।

दिवसका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख, टंकनाथ खनाल, पूर्वखोला गाउँपाकिाका अध्यक्ष, नुनबहादुर थापा उपाध्यक्ष, भागिरथी भट्टराईलगायत अन्य सरकारी कार्यालय र स्थानीयको सहभगिता रहेको थियो ।

यस्तै जिल्लाको माडी फाँटमा पनि अखिल नेपाल किसान महासंघले धान दिवस मनाएको छ । एमालेका नेता तथा कार्यकर्ताहरु सहभागी रहेको कार्यक्रममा सहभागी भएका थिए ।

यस्तै रैनादेवी छहरा रिब्दीकोट गाउँपालिकामा पनि औपचारिक रुपमा धान दिवस मनाइएको गाउापालिकास्थित कृषि शाखाका प्रमुखहरुले बताएका छन् ।

यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो । यो दिवस वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि मनाउन सुरु गरिएको हो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको