सिद्धबाबामा टनेल मार्ग निर्माण हुन्छःगृहमन्त्री खाँड

बुटबल। गृहमन्त्री बालकृष्ण खाँडले सिद्धार्थ राजमार्गको सिद्धबाबामा टनेल मार्ग निर्माण हुने बताएका छन् । नेपाली कांग्रेस क्षेत्र नं.२ रुपन्देहीले शनिबार बुटवलको बेलबासमा आयोजना गरेको कार्यक्रममा उनले यो कुरा बताएका हुन् ।

गृहमन्त्री खाँणले आगामी आर्थिक वर्षबाट बुटवल–पाल्पा सडकखण्डको पहिरो प्रभावित सिद्धबाबा सडकखण्डमा टनेल मार्ग निर्माण सुरु गर्ने बताउँदै बुटवल नारायणघाट सडकखण्डको दाउन्ने क्षेत्रमा समेत सरकारले टनेल मार्ग बनाउने बताए ।

मझिमटारदेखि शक्तिखोरसम्मको सडकखण्डमा पनि टनेल मार्ग निर्माण सुरु गर्ने बताए । मन्त्री खाँणले लुम्बिनी क्षेत्रलाई रोजगारीसँग जोड्न सरकारले सुरक्षित यात्रालाई व्यवस्थित बनाउने उल्लेख गरे ।

उनले रुपन्देहीलाई औद्योगिकरणसँग जोड्ने र पर्यटक आउने गन्तव्यका रुपमा विकास गर्न सरकारले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको