
तानसेन। पाल्पाको निस्दी गाउँपालिका वडा नं. –६ को अर्चलेमा पहिलो पटक बिजुली बत्ती बलेको छ । सामुदायिक विद्युतीकरणमार्फत बिजुली बत्ती बलेको हो ।
रकम बुझाएको लामो लामो समयपछि अर्चलेको रनगुवा गाउँको ३७ घरधुरीमा पहिलो पटक बिजुली बत्ती बलेको हो ।
वर्षैदेखि टुकी र सोलारको भरमा जीवन बिताउदै आएका नागरिकको बिजुली बलेसंगै हर्सित भएका छन् । अन्य गाउँमा बिजुली बत्ती बले पनि टुकीकै भरमा बस्दै आएका यो भेगका स्थानीयको घरसंगै मुहार उज्यालो भएको स्थानीयले बताएका छन् ।
लामो समयदेखि योजना अलपत्र रहे पनि हाल काम सम्पन्न भएर ३७ घरका लागि बत्ती बलेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।
बिजुली बत्ती बलेसंगै विद्यार्थीहरूलाई पढ्न, रेडियो सुन्न र टिभी हेर्नका लागि सहज भएको छ । स्थानीका अनुसार गाउँमै बिजुली आएपछि मोबाइल चार्ज, बत्ती चार्ज गर्न अरुको गाउँमा जानु नपर्ने बाध्यता पनि सकिएके छ ।
यो पालिकामा अहिलेसम्म केन्द्रिय विद्युत प्रसारणले नछुदाँ अन्य वडाका स्थानीय भने अहिलेसम्म टुकीकै भरमा बस्न बाध्य भएका छन् ।