
तानसेन। पाल्पामा प्रत्यक्ष रुपमा इ-पासपोर्ट लिन पाइने भएको छ। यसअघि अफलाइन फर्म भरेर पालो कुर्नु पर्ने समस्यालाई अन्त्य गर्दै प्रत्यक्ष सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
पछिल्लो समय विधुतीय राहदानी बनाउनका लागि गरिने अग्रिम अनलाइन प्रणालीबाट धेरै सेवाग्राहीले समस्या खेप्दै आएको हुँदा आवश्यक कागजातसहित कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत रमा श्रेष्ठले बताइन ।
स्थानीय प्रशासनले सूचना नै निकालेर अहिलेका लागि अनलाइन दर्ता सेवा बन्द भएको जनाएको छ । यसैबीच प्रत्यक्ष रुपमा अनलाइन सेवा दिन सुरु गरेको हुँदा चर्को मुल्य तिरेर अफलाइन फर्म भर्नुपर्ने बाध्यताको अन्त्य भएको सेवाग्राहीले जनाएका छन् ।
पछिल्लो समय बैदेशिक रोजगारीमा तथा अध्ययनका लागि तेस्रो मुलुकमा जानेको संख्यामा वृद्धि भएसंगै विद्युतिय राहदानी लिनेको संख्यामा पनि उल्लेश्श्य रुपमा वृद्धि भएको छ ।