पाल्पामा जंगलमा मृत भेटिएकी बृद्धा : दाउरा खोज्न भनेर बिहान घरबाट निस्किएकी थिइन्

पाल्पा । रिब्दीकोट गाउँपालिका –५ कुसुमखोलामा जंगलमा मृत भेटिएकी बृद्धाको शव पोष्टमार्टमका लागि पाल्पा अस्पताल  ल्याईएको छ । रिब्दीकोट गाउँपालिका ५ मारबास बस्ने ७८ वर्षीया खुम कुमारी आले शुक्रबार बेलुका हर्रेखरक सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् ।

स्थानीयले बृद्धालाई मृत अवस्थामा देखेपछि प्रहरी चौकी हार्थोकमा खबर गरेका थिए । स्थानीयको खबरपश्चात प्रहरी चौकी हार्थोक र जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी अनुसन्धान अधिकृत सहितको टोली खटिई घटनासम्बन्धि अनुसन्धान गरिरहेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धानपश्चात शव पोष्टमार्टमका लागि पाल्पा अस्पताल ल्याईएको हो । बृद्धा बिहान १० बजे खाना खाएपश्चात दाउरा खोज्न भनेर घरबाट जंगलतर्फ गएको र अबरेसम्म घरमा नफर्केपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला परेको पारिवारक स्रोतको भनाईलाई उद्धित गर्दै प्रहरीले जानकारी दिएको छ ।

मृतकको निधारमा चोट देखिएका कारण उनको हत्या भएको स्थानीयको आशंका छ ।

पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले घटनासम्बन्धि थप अनुसन्धान कार्य जारी रहेको बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको