लुम्बिनी मेडिकल कलेजमा स्वास्थ्य बीमाको सेवा बन्द

तानसेन। पाल्पास्थित लुम्बिनी मेडिकल कलेजले स्वास्थ्य बीमा अन्तरगतको सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ। कलेजले मंगलबार एक सूचना जारी गर्दै मंगलबार राति १२ बजेदेखि स्वास्थ्य बीमातर्फका सम्पूर्ण सेवाहरु स्थगन गर्ने जनाएको हो ।

नेपाल सरकारले प्रस्तुत गरेको २०७९।०८० को बजेट बक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रमा सरकारी र सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै उपलब्ध गराउने भनेसंगै सेवा बन्द गरिएको कलेजका प्राचार्य डा. राजु शाक्यले बताए ।

नेपाल सरकारको निर्णयअनुसार नै बीमा तर्फको सेवा बन्द गरिएको जनाउदै सरकारबाट पुनः निजी संस्थामार्फत सेवा दिने निर्देशन भएमा सेवा सुचारु गर्ने पनि कलेजले जनाएको छ ।

साथै कलेजबाट संचालन हुने बीमा बाहेकका बहिरङ्ग , अन्तरङ्ग र आकस्मिकलगायतका सम्पूर्ण सेवाहरु यथावत रहने कजेले जनाएको छ ।

लुम्बिनी मेडिकल कलेज प्रभासले वि.स. ३०७३ भदै १ गतेदेखि रेफरल ेन्टर र प्रथम बिन्दुका रुपमा रहेर स्वास्थ्य बीमाको सेवा प्रदान गर्दै आएको पनि जनाएको छ ।

हेर्नुहोस कलेजले जारी गरेको सूचना

तपाईको प्रतिक्रिया