छहरामा निःशुल्क भिडियो एक्सरे सेवा सुरु

तानसेन। पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले निःशुल्क अल्ट्रा साउण्ड(भिडियो एक्सरे) सेवा सुरु गरेको छ । गाउँपालिकाले छहरा स्वास्थ्य चौकीमा सेवा सुरु गरेको हो ।

सेवाको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रुक्मांगत भट्टराईले बच्चा र आमाको स्वास्थ्य अवस्था बुझ्नका लागि अनिवार्य गर्नुपर्ने सेवालाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए ।

गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको निःशुल्क सेवाले ग्रामीण क्षेत्रका महिलालाई सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय र लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोग तथा रैनादेवी छहरा गाउँपालिकाको सहकार्यमा सुरु भएको निःशुल्क अल्ट्रा साउन्ड सेवाले गर्भवती महिलासंगै अन्य रोगका बिरामीलाई समेत सहयोग पुग्ने अपेक्षा गाउँपालिकाको रहेको पालिकाका स्वास्थ्य शाखा संयोजनक जीवन रानाले बताए ।

यसरी गाउँमै सेवा पाएपछि दिन बिताएर सदरमुकाम जाुनपर्ने बाध्यताकाे अन्त्यसंगै निम्न आयस्तर भएका नागरिकको पहुँचमा पनि सेवा पुगेको हुँदा स्थानीय खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer