देशभर थप ४३५ जनामा कोरोना पुष्टि

काठमाडौं।पछिल्लो २४ घण्टामा देशभर ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६७ पीसीआर विधिबाट गरिएको परीक्षणमा ३१७ जना र एक हजार ९०२ एन्टिजेन परीक्षणमा ११८ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५६ रहेको हो । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

केही समय अघिसम्म न्यू मात्रामा रहेको संक्रमण पुनः उकालो लागेर हाल देशभरका सक्रिय संक्रमितको संख्या दुई हजार ५३७ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्ला देशहरुमा भारतसंगका सीमा नाका तथा सबैजासे जिल्लाहरुमा कोरानासंग मिल्दो लक्षणसहितका बिरामी बढेको हुँदा स्वास्थ्य मापदण्डको पालनामा जोड दिन विज्ञहरुले सुझाव  दिएका छन् ।

तपाईको प्रतिक्रिया