काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न दश बुँदे अनुरोध पत्र जारी गरेको छ ।
बिहीबार मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले जारी गरेको अनुरोधपत्र अनुसार दैनिक बढिरहेको संक्रणबाट जोगिन सरकारी, गैर सरकारी, सघ संस्था तथा व्यक्तिहरुले पनि स्वास्थय मापदण्डको पानला गरी संक्रमण फैलिनबाट रोक्न अनुरोध गरिएको हो ।
अनुरोधपत्रअनुसार सरकारी, गैर सरकारी सबै कार्यालयहरु तथा मानिसको भिडभाड हुने ठाउँहरुमा अनिवार्य मास्क प्रयोग र प्रवेशद्वारमा स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, विमानस्थल, हवाईलगायत सार्वजनिक यातायातमा मास्क र स्यानिटाइजरको व्यवस्था अनिवार्य गर्न गराउन भनिएको छ ।
यस्तै अन्तर्राष्ट्रिय हवाई तथा स्थलगत प्रवेश नाकाहरुमा निगरानी बलियो र प्रभावकारी बनाउन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले गोष्ठी, सेमिनार, बैठकजस्ता भिडभाड हुने स्थान, विद्यालय, विश्वविद्यालय, धार्मिकस्थलमा पनि मास्कको अनिवार्य प्रयोग गर्न भनेको छ ।
हेर्नुहोस मन्त्रालयको अनुरोध पत्र