
काठमाडौं। कोरोना भाइरसको संक्रमण बडिरहेका बेला यस अन्तरगतको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि भेटिएको छ ।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ. वान’ पुष्टि भएको हो ।
कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका अस्पतालले जनाएको हो। कोरोनाका विभिन्न भेरिएन्ट र उप भेरियन्त अन्तरगत सबैभन्दा छिटो संक्रमण फैलाउने बीएफ.वान अहिलेसम्म नेपालमा देखिएकोमा पहिलोपटक देखा परेको अस्पतालले जनाएको छ ।
जिन सिक्वेन्सिङ गर्दा ८ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बी.फाइभ’ देखिएको उक्त अस्पतालले जनाएको छ ।
यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भने भइसकेको छैन ।
याे पनि हेर्नुहाेसः
कोरोना भाइरसको बढ्दो संक्रमणबाट बच्न दश बुँदे अनुरोध पत्र