विश्व स्वास्थ्य संगठनद्धारा स्वास्थ्य आपतकालको घोषणा

काठमाडाैं।विश्व स्वास्थ्य संगठनले मंकिपक्सको संक्रमण व्यापक रुपमा बढ्दै गएपछि स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।

विश्वका ७५ देशमा मंकिपक्स फैलिएपछि डब्लुएचओले विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको हो । विश्वभर सङ्क्रमितको सङ्ख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबैभन्दा उच्च तहको चेतावनी जारी गरेको छ ।

डब्लुएचओको आपत्कालीन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा गरिएको हो । डब्लुएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेब्रेयससले विश्वभर १६ हजार भन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको जानकारी दिए ।

मङ्कीपक्सका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । आपतकालीन समितिमा मङ्कीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने कि नभन्ने विषयमा एकमत हुन सकेको थिएन ।

तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेसँगै अन्तर्राष्ट्रिय सरोकार बनेको र आपतकाल घोषणा गरिएको जनाइएको छ । मङ्कीपक्स बाहेक हाल कोरोना भाइरस र पोलिओ उन्मुलन सम्बन्धी अन्य दुई प्रकारका विश्वव्यापी स्वास्थ्य आपतकाल लागू गरिएका छन् ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer