तानसेन। पाल्पामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना परीक्षणमा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा दुई पुरुष तथा ५ जना महिला रहेका छन् । थपिएका संक्रमितमध्ये रम्भा, बगनासकाली गाउँपालिकाका २।२ तथा तानसेन नगरपालिकाका ३ जना रहेको स्वास्थय कार्यालय पाल्पाले जनाएको छ ।

थपिएका संक्रमितसंगै हाल जिल्लामा संक्रिय संक्रमितको संख्या ३० पुगेको छ । संक्रमित मध्ये २९ जनाको होम आइशोलेशनमा र एक जनाको अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोही अवधिका जिल्लाका थप ५ जना संक्रमित भने संक्रमणमुक्त भएका छन् । माथागढी गाउँपालिका, रैनादेवी गाउँपालिका, तानसेन नगरपालिकाका १।१ जना तथा रम्भा गाउँपालिका २ जना संक्रमित संक्रमणमुक्त भएका हुन् ।

पछिल्ले तथ्यांक अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या १२ हजार ६५ पुगेको छ भने हालसम्म २ सय ६८ जना संक्रमितले कोरोनाका कारण ज्यान गुमाएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तपाईको प्रतिक्रिया