तानसेनका सोह्रसहित थप २९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ५३ पुगे

तानसेन। पाल्पामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १४ पुरुष तथा १५ जना महिलामा भाइरसको संक्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाले सार्वजनिक गरेको तथ्यांक अनुसार १८ जनाको पीसिआर विधिबाट गरीएको परीक्षणमा ७ जना तथा ६५ जनाको एन्टिजेन विधिबाट गरीएको नमूना परीक्षणका क्रममा २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित थपिनेमा सबैभन्दा धेरै तानसेनभित्रका १६ जना रहेका छन् ।

यस्तै माथागढी गाउँपालिकाका तीन जना, रम्भाका ७ जना, बगनासकालीका दुई जना तथा तिनाउ गाउँपालिकाका १ जना रहेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ६ जना संक्रमित भने संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने ४ जना महिला तथा दुई पुरुष घटाई हाल जिल्लामा ५३ जना कोरोनाका सक्रिय संक्रमित पुगेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

तथ्यांक हेर्नुहाेसः

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer