
तानसेन। नेकपा एमाले पाल्पाले अन्तरघातीले पार्टी छाडेर भागेको आरोप लगाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसंग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको जनाएको हो ।
पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेद्धारा जारी विज्ञप्तिमा तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक लाभको पदमा अवसर लिएका व्यक्तिबाट पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध गठबन्धनका उम्मेदवारलाई सघाउने गरी अन्तरघात जस्तो जघन्य अपराध गर्ने काम भएको उल्लेख छ ।
यस्तै पार्टीलाई असहयोग गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पार्टी पंक्तिबाट नेतृत्वलाई दबाब सिर्जना भएको र तर पार्टी नेतृत्वले संयमता अपनाएको कुरा विज्ञप्तिमा उल्लेख छ ।
एमाले पाल्पाले अशोक कुमार शाहीको नेतृत्वमा जारी विज्ञप्तिमा उल्लेखित व्यक्तिहरू मध्ये अधिकांश व्यक्तिहरू उक्त विज्ञप्तिप्रति असहमति जाहेर गर्दै आफूहरू नेकपा एमाले पार्टीमै दृढतापूर्वक उभिएको जनाएको छ ।
तर कति जना असहमत छन भन्ने भने विज्ञप्तिमा उल्लेख छैन् ।
हेर्नुहोस विज्ञपित