हिउँदे खोलामा सवारी पास गरेर डाइभर्सन बनाउन सुरु

तानसेन। सिद्धार्थ राजमार्गको हिउँदे खोलामा भासिएको सडकमा नयाँ डाइभर्सन बनाउन सुरु भएको छ ।

बिहीबार दिउँसो सडक पूर्ण रुपमा भासिएपछि रातिबाट नयाँ डाइभर्सनको काम सुरु भएको हो । सडक डिभिजन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार सम्पूर्ण सवारी पास गेरर राति पौने दश बजेबाट डाइभर्सन निर्माणको काम सुरु गरिएको हो ।

बिहीबार अपराह्न ४ बजेपछि रोक लगाइएका मालबहाक बाहेकका सबै सवारी पास गरेर सडक खन्न थालिएको सडक डिभिजन पाल्पाका सूचना अधिकारी महेश्वर लम्सालले बताए ।

हाल सडक डिभिजन पाल्पाका दुई वटा स्काभेटरले सडक खन्ने काम गरेको छन् । पानी नपरेमा रातभरमा सडक खोल्नेगरी काम अघि बढेको पनि सूचना अधिकारी लम्सालले बताए ।

तपाईको प्रतिक्रिया