
तानसेन।नेकपा (माओवादी केन्द्र) जिल्ला कमिटी पाल्पाले आगामी निर्वाचनका लागि पार्टीबाट उम्मेदवारको नामावली सिफारिस गरेको छ । केन्द्रको तानसेनमा सम्पन्न बैठकले आगामी संघीय निर्वाचनमा क्षेत्र नं. २ को प्रत्यक्षतर्फ दुई जना तथा प्रदेशसभा निर्वाचनका लागि दलबाट प्रतिनिधित्व गर्नेगरी उम्मेदवारको नामावली टुंगो लगाएको हो ।
जस अनुसार प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरे तथा कोशलराज न्यौपानेको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै प्रदेशसभातर्फ क्षेत्र नं.(क)मा कमलप्रसाद भट्टराई र जितबहादुर मश्रांगी (हिरा) को नाम सिफारिस गरेको छ। यस्तै क्षेत्र नं. १ (ख) मा दिनेश अर्याल, होमबहादुर सुनारी र अर्जुन श्रेष्ठको नाम सिफरिस भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य अनिलकिशोर घिमिरेले बताए। यस्तै प्रदेशसभातर्फको क्षेत्र नं. २ (क)मा नेत्रप्रसाद पाण्डेयको एकल सिफारिस भएको छ यस्तै क्षेत्र नं. २ (ख)मा तुलाराम घर्ती (बसन्त), पार्टीका संयोजक राजेन्द्र विश्वकर्मा र चक्रब्यू थापाको नाम सिफारिस भएको नेता घिमिरेले जानकारी दिए ।
प्रतिनिधिसभातर्फ क्षेत्र नं. १ को प्रत्यक्ष र संघ र प्रदेशमा समानुपातिक उम्मेदवारको टुंगो भने लाग्न सकेको छैन। पार्टीको सोमबार बस्ने बैठकले बाकी रहेका सबै उम्मेदवारको नामावली छनोट गरेर प्रदेशमा पठाउने जनाएको छ । यसरी पठाएका नामावली पार्टीको केन्द्रीय कमिटीमा सफिारिस भएपछि केन्द्रले उम्मेदवारको टुंगो लगाउने छ।
माओवाली केन्द्रको पाल्पामा स्थानीय तहको नतिजा अनुसार रिब्दीकोट गाउँपालिका अध्यक्ष र रैनादेवी छहरामा उपाध्यक्षमा विजयी हासिल गरेको थियो । यस्तै तानसेन नगरपालिकाको उप प्रमुखसहित तानसेन ५ र ११ नं.को वडा अध्यक्षमा समेत जित हाँसिल गरेको थियो ।
हाल जिल्लामा सत्ता साझेदार गठबन्धन दनका नेताहरुबीच समेत छलफल चलेको हुँदा जिल्लाको कुन क्षेत्रमा कस्ले उम्मेदवारको भाग पाउनेछ हो भन्ने टुंगो भने लाउन बाकी रहेको छ ।