यी हुन् एकीकृत समाजवादी पाल्पाबाट सिफारिस भएका उम्मेदवार

तानसेन। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) पाल्पाले क्षेत्र २ का लागि सांसद सोमप्रसाद पाण्डेको नाम एकल सिफारिस गरेको छ ।

पार्टीको तानसेनमा सम्पन्न सचिवालय बैठकले पाण्डेयलाई सर्वसम्वत रुपमा सिफारिस गरेको हो । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य एवं लुम्बिनी प्रदेश अध्यक्षसमेत रहेका पाण्डेय वि.स.२०५१ र २०५६, सालमा भएको आम निर्वाचनमा नेकपा एमालेबाट पाल्पा क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए ।

यस्तै नेता पाण्डे २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार लीला सोमैसंग पराजित भएका थिए । यस्तै २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचन र २०७४ को आमनिर्वाचनमा पनि उनी पाल्पा २ बाट प्रतिनिधिसभा सदस्यमा एमालेबाटै विजयी भएका थिए ।

यस्तै एकीकृत समाजवादीको बैठकले पाल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका लागि लेखनाथ पोखरेल सिफारिस गरेको छ । यस्तै समानुपातिकतर्फ केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, खसआर्य र महिलामा लक्ष्मीदेवी पाठकलाई सिफारिस गरेको पार्टीका प्रचार विभाग प्रमुख पदम गैरेले बताए ।  यस्तै क्षेत्र नं. १ को समानुपालिका हाल लुम्बिनी प्रदेश मन्त्री रहेकी रमा घर्तीको नाम एकल सिफरिस भएको छ ।

समाजवादीको बैठकले प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली पनि टुंगो लगाएर सिफरिस गरेको छ । जस अनुसार क्षेत्र नं. १ (क) बाट प्रत्यक्षमा विनोद श्रेष्ठ र कमल सेन, क्षेत्र नं १ (ख) बाट पदम अर्याल, टोपबहादुर जर्घा र ईश्वरी श्रेष्ठको नाम सिफारिस भएको छ । यस्तै समानुपालिका क्षेत्र १ (क) बाट महिलामा तारा कँडेल, दलितमा सर्वजित विश्वकर्मालाई सिफारिस गरेको हो ।

क्षेत्र १ (ख) मा महिलाबाट नारायणी खनाललाई सिफारिस गरेको प्रचार विभाग प्रमुख गैरेले बताए ।

गैरेका अनुसार क्षेत्र २ (क) मा खिमानन्द पाण्डे, मोहनलाल गैरे, बसन्त जिआर, निमनारायण ढुंगाना तथा क्षेत्र २ (ख)मा झलक रायमाझी र कमल रायमाझीलाई उम्मेदवार सिफारिस गरेको छ ।

यस्तै समानुपालिकतर्फ क्षेत्र नं. २ (क) बाट गोदावरी ज्ञवाली तथा क्षेत्र नं. २(ख) बाट बलबहादुर सुनार र दुर्गा भण्डारीलाई सिफारिस गरेको नेकपा एकीकृत समाजवादी पालपाले जनाएको छ ।

तपाईको प्रतिक्रिया