
चितवन । नेपाल दलित महिला उत्थान संघ (एड्वान) को अध्यक्षमा विन्दु परियार (थापा) चयन भएकी छन्।
मंगलबारर सम्पन्न (एड्वान) २३औँ वार्षिक साधारण सभा तथा अधिवेशनले उपाध्यक्षमा तिर्थ विक, महासचिवमा पम्फा थापा परियार, सचिवमा पम्फा नेपाली र कोषाध्यक्षमा सपना सुनारलाई सर्वसम्मत निर्वाचित गरेेकाे हो ।त्यसैगरी सदस्यमा राममाया विक र सपना परियारलाई चयन गरिएको छ । सोही अवसरमा संघीय संसद, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरादेवी जैरुले दलित समुदायसँग सम्वन्धित ऐन/कानून कार्यान्वयनमा जोए ।
सामाजिक अभियान्ता डा. विष्णुमाया परियारले दलित समुदायलाई आर्थिक, सामाजिक र राजनीतिक रुपमा बलियो बनाउन सिमान्तकृत समुदायबीच एकताको आवश्यकता रहेकाे जनाए ।
वि.सं. २०५५ सालमा स्थापना भएको उक्त संस्थाले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बागलुङ र तनहुँलगायत जिल्लामा आर्थिक अवस्था कमजोर भएका हजारभन्दा बढी विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
संस्थाले महिलालाई कसरी आत्मनिर्भर बनाउन र विपन्न समुदायका बालबालिकाहरुको विद्यालय शिक्षामा पहुँचसम्म बढाउने उद्देश्यका साथ काम गर्दै आएको छ ।
एड्वानकी अध्यक्ष विन्दु परियार थापाले आगामी दिनमा राज्यको मूलधारबाट पछाडि परेका गरीब, दलित, महिलालगायत अति सिमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रूपमा सशक्त बनाउन एड्वानको महत्वपूर्ण भूमिका हुने बताए ।